काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने चुनावमा प्रयोग गर्न भारतले नेपाललाई दुई सय वटा गाडी उपहारस्वरूप प्रदान गरेको छ ।आज मङ्गलवार अर्थ मन्त्रालयमा भएकाे कार्यक्रममा नेपाल सरकारलाई भारत सरकारले उपहारस्वरूप दुई सय वटा गाडी प्रदान गरेको हो । अर्थ मन्त्री जनार्दन शर्माले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट उपहारस्वरूप गाडी ग्रहण गर्नुभयो । गाडी हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले चुनावमा प्रयोग गर्ने गरी भारत सरकारले नेपाल सरकारलाई सहयोगस्वरूप दुई सय वटा गाडी दिएको बताउनुभयो । उपहार ...