मुसिकोट सबस्टेसन सञ्चालन

काठमाडौं (अस) । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले सोमवार उद्घाटन गरेसँगै सबस्टेसन सञ्चालनमा आएको हो । उक्त सबस्टेसनबाट रुकुम पूर्व र पश्चिम तथा जाजरकोटका केही ठाउँमा विद्युत् आपूर्ति गरिने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । उद्घाटन कार्यक्रममा मन्त्री भुसालले विगतमा बत्ती बाल्न पाउनु नै ठूलो सुविधा रहेको भन्दै पछिल्लो समय विद्युत् उत्पादन प्रशस्त भइसकेकाले भान्सामा समेत विद्युत् प्रयोग गर्न आग्रह गरिन् ।