राष्ट्रिय जनता पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठीले मधेस आन्दोलन गोलचक्करमा फसेको बताएका छन्। सेतोपाटीसँग कुरा गर्दै त्रिपाठीले मधेसका एजेण्डा बलियो भए पनि नेताहरूको स्वार्थका कारण मधेस आन्दोलन कमजोर अवस्थामा पुगेको बताए। ‘अब मधेस आन्दोलन कुन अवस्थामा पुग्छ भन्ने छ। मधेस आन्दोलन अहिले गोलचक्करमा फसेको छ। यो झण्डै एक दशक पछाडि धकेलिएको छ,’त्रिपाठीले भने,‘ एजेण्डा शक्तिशाली भए…