काठमाडौँ : साविक विजेता मच्छिन्द्र क्लबविरुद्ध दुईपटकसम्म लिएको अग्रता कायम राख्न नसक्दा फ्रेण्ड्स क्लबले रेलिगेशन क्षेत्रभन्दा माथि उक्लिने मौका गुमाएको छ।शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीवार दशरथ रंगशालामा भएको खेलमा फ्रेण्ड्सले दुईपटकसम्म लिएको अग्रता जोगाउन नसक्दा उपाधि होडमा रहेको मच्छिन्द्रसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। बराबरीले फ्रेण्ड्सलाई रेलिगेशन क्षेत्रबाट उम्किन कठिन भएको छ।बराबरीसँगै मच्छिन्द्रले १९ खेलमा ३१ अंक जोडेको छ। फ्रेण्ड्सको समान खेलबाट २१ अंक छ जुन ए