तीजको दर खाने भनेर एक महिनाअघिदेखि पार्टी प्यालेस, होटल, रेस्टुरेटमा भीडभाड देखिन्छ । सरकारी अफिस होस् या निजी कम्पनी, हरेकले दर खाने कार्यक्रम राखेका हुन्छन् । सरकारले दर खाने दिन बिदा दिएकै छ भने किन एक महिना अगाडिदेखि दरकै लागि दौडिनुपर्यो ? हरेका वर्ष तीजको मौलिकता घट्दो छ भनेर टिप्पणी हुने गरेका छन् ।