कोइराला समूहको भेलापछि भण्डारीले भने- 'हामी गुटबन्दी गर्दैनौं'

कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई सिंगो कांग्रेसको नेता भएर अघि बढ्न सुझाव दिएका छन् । बुधबार कोइराला समूहको बैठकपछि उपसभापतिमा पराजित भएका नेता भण्डारीले भने, ‘अब विगतको जस्तो गुटगत अभ्यास हुँदैन, हामी सडकमा, सामाजिक सञ्जालमा छरपष्ट भएर गाली गर्दैनौं, हामी सभापतिलाई सहयोग गर्न चाहन्छौं ।’

सम्बन्धित सामग्री

कांग्रेसको निर्णय आज, दबाबमा पदाधिकारी

केन्द्रीय कार्यसमिति बैठकमा गुटबन्दी छताछुल्ल भएपछि नेताहरू एकताको सन्देश दिनुपर्ने दबाबमा, भ्रष्टाचारविरुद्ध कठोर हुनुपर्ने इतर समूहको माग ११ महिनापछि बसेको, प्रत्यक्ष प्रसारण भएको र समूहगत आरोप–प्रत्यारोपले चर्चामा आएको कांग्रेस केन्द्रीय कार्यसमिति...

सभापति देउवालाई गुटबन्दी नगर्न कोइराला समूहको सन्देश

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका शेरबहादुर देउवालाई पार्टीमा गुटबन्दी नगर्न कोइराला समूहले सन्देश दिएको छ । देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाले बुधबार महाधिवेशन प्रतिनिधिहरुलाई धन्यावाद दिन आयोजना गरेको कार्यक्रममा उनले पार्टी एकतामा जोड दिए । उनले सभापति देउवालाई ४ वर्षे कार्यकालका लागि शुभकामना दिए। पार्टीको विधानअनुसार सभापतिको कार्यकाल ४ […]

माधव नेपालसहित ४ नेतालाई ३ दिने म्यादको स्पष्टीकरण पत्र

नेकपा एमाले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले नेता माधवकुमार नेपालसहित ४ जनालाई स्पष्टीकरणपत्र लेखेका छन् । सोमवार नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ३ दिनभित्र स्पष्टीकरण दिनुपर्ने म्यादसहित पत्र पठाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले बताए । एमालेभित्र झलनाथ खनाल र माधवकुमार नेपाल समूहको अनुपस्थितिमा गत शनिवार बसेको केन्द्रीय कमिटी बैठकले गुटबन्दी गरेको आरोप लगाउँदै चारै जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । गत फागुन २८ गते बालुवाटारमा एकलौटी...

ओलीले पार्टी भित्र गुटबन्दी सुरु गरे : झलनाथ खनाल

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजनको अवस्थामा पुर्‍याएको आरोप लगाएका छन् । बुधवारबाट सुरु खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सानेपामा सम्बोधन गर्दै खनालले ओलीले पार्टी भित्र गुटबन्दी गर्दै पार्टीलाई नै विभाजन गर्ने दुष्प्रयास गरिरहेको बताए ।