नोभाक जोकोविच र अस्ट्रेलिया सरकारबीचको विवाद गहिरियो, के हो कारण ?

सर्बियाली टेनिस खेलाडी नोभाक जोकोविच र अस्ट्रेलियाली सरकारबीचको विवाद बढ्दै गएको छ ।  संसारका नम्बर एक पुरुष खेलाडीलाई अस्ट्रेलियाले भिसा दिएको थियो अनि मेडिकल छुटअन्तर्गत उनलाई देशमा प्रवेश पनि गराइएको थियो ।  अस्ट्रेलियन ओपन खेल्नका लागि उनी मेलबर्न विमानस्थल पुग्दा उनलाई रोकियो र घन्टौं कुराएर उनको भिसा रद्द गरियो ।  अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यसलाई अटल नियम भनेका छन् भने सर्बियाली सरकारले खुलेर आफ्ना खेलाडीको समर्थन गरेको छ । सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुचिचले यसलाई मानसिक उत्प...