फरवार्ड माइक्रोफाइनान्सको कामु सीईओको जिम्मेवारी भट्टराईलाई

वैशाख १३, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ) को जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई दिएको छ ।  कम्पनीको वैशाख १२ गतेको सञ्चालक समितिको बैठकले यसअघि सहायक महाप्रबन्धकसमेत रहेका भट्टराईलाई अर्को व्यवस्था नभएसम्मका लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले घरयासी कारण देखाई दिएको राजीनामा समेत कम्पनीको सोही बैंठकले स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।