काठमाडौं : देशभित्र रोजगारीको अवसर नपाएकी सर्लाही घर भएकी शर्मिला विक रोजगारीको खोजीमा थिइन्। स्वदेशमा कामको खोजी गर्दै भौँतारिएको विक रोजीरोटीका लागि विदेश जाने सोच बनाइन्। वैदेशिक रोजगारीमा जानका लागि तयार भएकी विकलाई जीवन विश्वकर्माले कुवेत पुर्याए।सिन्धुली घर भएका जीवन विश्वकर्माले राम्रो कमाइ हुने प्रलोभनमा पारी भरत, दुबईको बाटो हुँदै कुवेत पुर्याइएका थिए। घरेलु कामदारको रुपमा काम गर्न विदेशिए की विकले भनेजस्तो काम पाउन त परको कुरा दुई छाक खान समेत पाएकी छैनन्।