नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरतादिदै सो प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कम्पनी आबद्ध भएका छन् । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उपलब्ध गराएको कनेक्ट आरटीजीएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् ।मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, समृद्धि फाइनान्स, तथाश्री इन्भेष्ट्मेन्ट एण्ड फाइनान्स थपिएका छन् । यसअघि २४ वटा वाणिज्य बैंक, ९ वटा विकास बैंक र ८ वित्तकम्पनीमा यो प्रणालीमा आबद्ध भइसकेका छन्