दिवंगत पिताको नाममा पितृ तर्पण (फोटो फिचर)

काठमाडौं : प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर बाबुको सम्मान र सम्झना गरी मनाइँदैछ। दिवंगत बाबुलाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित बाबुप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ। मृत बाबुको नाममा उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको छ।सनातन धर्ममा अमावश्या (औंसी) तिथिलाई पितृको उपासना गर्ने दिनका