राजेन्द्र राउत मुख्यमन्त्री राईको आर्थिक सल्लाहकार

विराटनगर (अस) । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउत प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको आर्थिक सल्लाहकार नियुक्त भएका छन । भोजपुर पोखरे स्थायी घर भएर लामो समयदेखि विराटनगरमा बसोवास गर्दै आएका राउतलाई मुख्यमन्त्री राईले बुधवार आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् । राउत कुनै पनि दलसँग आबद्ध छैनन् । प्रदेश १ को आर्थिक समृद्धिको जग उद्योग र पर्यटन क्षेत्र रहेको बताउने उनले आर्थिक सल्लाहकार नियुक्त भएपछि प्रदेशलाई समृद्ध बनाउने विषयमा मुख्यमन्त्रीलाई ठोस, तथ्यपरक र समयसापेक्ष सल्लाह दिने बताए । प्रदेशको विकासका लागि औद्योगिकीकरण, पर्यटन र कृषिलाई सँगै लैजानुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित सामग्री

राजेन्द्र राउत बने प्रदेश-१का मुख्यमन्त्रीको आर्थिक सल्लाहकार

७ पुस, विराटनगर। विराटनगरका उद्योगी राजेन्द्र राउतलाई प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा प्रदेश १ उपाध्यक्ष रहेका राउतलाई बुधबार आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् । भोजपुरमा जन्मिएका ५८ वर्षीय उद्योगी राउत व्यावसायसँगै सामाजिक क्षेत्रमासमेत सक्रिय छन् । उनले दलको सदस्यता लिएका छैनन् । मुख्यमन्त्री […]

प्रदेश १ का मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा राजेन्द्र राउत नियुक्त

काठमाडौँ – मोरङ विराटनगरका उद्योगी व्यवसायी राजेन्द्र राउत प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहकार नियुक्त भएका छन्। मुख्यमन्त्री राईले उद्योगी व्यवसायीलाई बुधबार आफ्नो आर्थिक सल्लाहकार नियुक्त गरेका हुन्। आर्थिक सल्लाहकार नियुक्त भएलगत्तै राउतलाई मुख्यमन्त्री राईले आजै आफ्नो कार्यालयमा स्वागत गरेका छन्। आर्थिक सल्लाहकार नियुक्त उद्योगी व्यवसायी राउत नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य […]