युवाको विशेष पर्व हो, अन्तर्राष्ट्रिय युवा दिवस । यस दिवसमा विश्वका सबै देशलाई युवाका मुद्दा र सरोकारका विषयलाई सम्बोधन गर्न अनि आफ्ना सबै प्रयास यसतर्फ केन्द्रित गराउनका लागि बहस-पैरवी र ध्यानाकर्षण गराइन्छ । यस पर्वमा युवाको प्रतिभा प्रस्फुटन र प्रोत्साहन गरिनुका साथै युवाले स्वयंसेवी रूपमा समाज र राज्यलाई योगदान पुर्याउने अभियान पनि सञ्चालन गरिन्छ । […]