स्थानीय चुनाव प्रयोजनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका स्वीकृत, दल दर्ता शुरू

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि बिहीवारदेखि दल दर्ता शुरू गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि बिहीवार आयोगमा ३ वटा राजनीतिक दल दर्ता भएका छन् । सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको छ ।    राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी ३ वटा राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ ।   आयोगमा बिहीव...