नयाँ भरतपुर २२० केभी सबस्टेसनको निर्माण ८० प्रतिशत सकियो, दुई महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ । सबस्टेसन निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका निर्माणाधीन सबस्टेसनको मुख्य सिभिल संरचनाको काम अन्तिम चरणमा...