डा. देवकोटा हाल डडेल्धुरा अस्पतालमा प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा कार्यरत छिन्। डा. शर्मा भने गण्डकी प्रदेशस्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निर्देशक हुन्।
लुम्बिनी प्रदेशकी स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ मूल्याङ्कनमा झिनो अन्तरले उनी पछि परेको बताइएको छ। स्रोतका अनुसार प्राप्त अंकका आधारमा शीर्ष दुई उम्मेदवारको नाम सिफारिस गरिएको हो।