सुकुमवासी बस्ती हटाउने निर्देशनप्रति जेनजी अगुवाको कडा आपत्ति, राजनीतिक बेइमानीको संज्ञा

थापाथलीसहितका अतिक्रमित सुकुमवासी बस्ती खाली गराउने प्रधानमन्त्रीको निर्देशनप्रति राजनीतिक तथा सामाजिक वृत्तमा विरोध सुरु भएको छ। जेनजी अभियन्ता रक्षा बम ले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को निर्णयप्रति कडा आपत्ति जनाउँदै यसलाई “अपरिपक्वता” र “राजनीतिक बेइमानी” को संज्ञा दिएकी छन्। प्रधानमन्त्री शाहले बुधबार सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर काठमाडौँ उपत्यकाबाट सुकुमवासी बस्ती हटाउने प्रक्रिया सुरु गर्न निर्देशन दिएका […]