सशस्त्र प्रहरी बल (एपीएफ) का प्रहरी नायब महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले रिक्त एआईजी पदमा पोखरेललाई सिफारिस गर्ने निर्णय गरेको हो। कानुनी व्यवस्थाअनुसार समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अध्यक्ष, गृह मन्त्रालयका सचिव सदस्य तथा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्यसचिव रहने […]