भारतको तेलंगाना राज्य सरकारले प्रतिबन्धित कम्युनिष्ट पार्टी अफ इन्डिया (माओवादी) को मोर्चा भएको आरोप लगाउँदै १६ नयाँ संगठनहरुलाई गैरकानूनी घोषित गरेको छ ।राज्य सरकारले ३० मार्चदेखि एक वर्षसम्मका लागि लागु हुनेगरी यी संगठनलाई गैरकानूनी घोषित गर्न आदेश जारी गरेको हो, यद्यपी यो आदेश भने शुक्रबारमात्रै सार्वजनिक गरियो । गैरकानूनी घोषित गरिएका संगठनहरुमा तेलंगाना प्रजा फ्रन्ट, तेलंगाना असंगठितकर्मीको संख्या, तेलंगाना विद्यार्थी वेदिका, डेमोक्रेटिक स्टुडेन्ट अर्गनाइजेशन, तेलंगाना विद्यार्थी संगठन