संवैधानिक इजलासमा प्रधानन्यायाधीशको सहभागिताको प्रश्न : सर्वोच्चले भन्यो केही विषय निर्क्यौल गर्नैपर्ने देखियो [आदेशसहित]

संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्नैपर्ने माग गरिएको रिटको अन्तिम टुंगो नलागेसम्म संवैधानिक नियुक्तिसँग सम्बन्धित मुद्दाहरूको सुनुवाइ अगाडि नबढाउन सर्वोच्चले अन्तरिम आदेश दिएको छ । न्यायाधीश  हरिप्रसाद फुँयालको एक इजलासले बिहीवार उक्त आदेश दिएको हो । आदेशको जानकारी आजै विपक्षीहरूलाई गराउनू भनिएको छ । साथै अदालतको सहयोगका एमिकस क्युरी झिकाउने आदेश पनि गरिएको छ । 'प्रस्तुत विषय राष्ट्रिय महत्त्वको परेको देखिँदा लिखित जवाफ परेको तेस्रो दिनमा पेशी चढाई संवैधानिक विषय र महत्त्व समेतलाई मध्यनजर गरी सर्वोच्च...