विश्व बैंकको २७ करोड ५० लाख डलर (करिब ३४ अर्ब ९६ करोड नेपाली रुपैयाँ) सहयोगमा बन्ने पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) नेपालमा शुभारम्भ गरिएको छ । यस आयोजनाले नेपालमा छनोट गरिएका व्यापारिक करिडोरहरूमा यातायात लागत र पारवहन समय घटाएर व्यापार र आवद्धता सुधार गर्न मद्दत पुग्नेछ ।