नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । स्थानीय तह निर्वाचनको उम्मेदवारीका सम्बन्धमा आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक भोलि ११ बजे बस्ने गरी सरेको काँग्रेस मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।नेताहरुको व्यस्तताका कारण बैठक सरेको उनको भनाइ छ । काँग्रेसले महानगरपालिका मेयर र उपमेयरका उम्मेदवार चयनका लागि बैठक बोलाएको थियो ।आज बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा सहमति जुट्न नसकेपछि कार्यसम्पादन समिति बैठक आजका लागि स्थगित गरिएको छ ।