मुक्तिनाथ विकास बैंकले बिहीवारदेखि १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने

साउन ५, काठमाडौं । मुक्तिनाथ विकास बैंकले बिहीवारदेखि १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । जसमध्ये ५ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ७ लाख ५० हजार कित्ता व्याक्तिगत तबरबाट विक्री गर्ने जानकारी गराएको हो ।  कम्पनीले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा ७ वर्ष सम्मको लागि ऋणपत्र निष्कासन गर्नेछ । यस ऋणपत्रमा आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणलाई विक्री गर्ने कुल शेयरमध्ये २५ हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो ।  जसमध्ये १ हजार ५०० कित्ता बाँडफाँट गरेको कम्पनीले जानकारी गराएको छ । ७ वर्ष अवधिको ऋणपत्र खरीदका लागि छिटोमा साउन ११ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा साउन २१ गतेसम्म ऋणपत्र विक्री खुला गर्ने मिति तय गरेको छ ।  कम्पनीले निष्कासन गर्ने ऋणपत्रलाई केयर रेटिङ नेपालले मध्यम कर्जा जनाउने केयर एनपी त्रिपल बी आईएस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा माध्यम रुपमा सुरक्षित मानिन्छ ।  उक्त ऋणपत्र खरीदका लागि विक्री प्रबन्धक सानिमा क्यापिटलसँगै आस्बा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।

सम्बन्धित सामग्री