धनकुटा : नेपाली कांग्रेस धनकुटाको अधिवेशन गत शुक्रबारदेखि सुरु भएको छ। धनकुटाका सातवटै स्थानीय तहका ६० वटै वडामा एकसाथ अधिवेशन सुरु भएको हो।कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार धनकुटाका स्थानीय तहका वडाको अधिवेशन सुरु भएको जिल्ला सचिव विजयी सन्तोषी राईले जानकारी दिए। उनले ६० वटै वडामा वडा इकाई कमिटीको कार्यसमिति र वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधिहरुका लागि मनोनयन दर्ता सोमबार हुने बताए। वडामा सर्वसम्मत नेतृत्व चयन नभए सोमबार सोमबार निर्वाचन हुने भएको छ।सात स्थानीय तहमध्ये