सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा रामवरण यादवलाई नेपाली जनताको लामो सङघर्ष र बलिदानको उपलब्धिका रुपमा गठन भएको संविधानसभाबाट समावेशी संविधान जारी गर्ने सुवर्ण अवसर मिल्यो । उहाँले २०७२ असोज ३ गते नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मूल कक्षमा संविधानसभाबाट तयार गरिएको संविधानलाई ढोगेर सार्वजनिक गरेको क्षण ‘एक युगमा एक पटक आउने विरलै घटना’ का […]