उत्तराखण्ड - हिमताल फुट्दा जलविद्युत् आयोजना प्रभावित, ‘१५० मजदुर काम गरिरहेका थिए’

काठमाण्डाै – उत्तराखण्डको चमोली जिल्लाको हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको छ । नदीका कैयौँ तटबन्ध फुटेपछि बाढीको अलर्ट जारी गरिएको छ । हिमताल फुट्दा ऋषिगङ्गा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यस आयोजनामा काम गरिरहेका एक सय ५० मजदुर बेपत्ता भएको आशङ्का गरिएको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले ट्वीट गर्दै आफू घटनास्थलतर्फ जाँदै गरेको बताउनुभएको छ । उहाँले ट्वीट गर्दै अफवाद नफैलाउन ध्यान दिन र पुरानो भिडियो शेयर नगर्न आग्रह गर्नुभएको छ । भारतका गृह ...