कार्यसम्पादन सम्झौता पूरा नगर्नेलाई जिम्मेवारी त्याग्न ऊर्जा मन्त्रीको निर्देशन

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कार्यसम्पादन सम्झौता अनुसारको जिम्मेवारी पूरा गर्न नसके पद त्यागेर सहज वातावरण निर्माण गर्न मातहत निकायका कर्मचारीलाई निर्देशन दिएका छन् ।