बागमती प्रदेश सरकारले पहिचान गरेको अत्यावश्यक ९९ वटा कानुनमध्ये हालसम्म ५५ वटामात्र कानुन निर्माण भएका छन् । सरकार सञ्चालनको साढे ४ वर्षभन्दा बढी अवधिसम्ममा पनि ती कानुन निर्माण हुन नसकेको हो ।प्रदेश सरकार स्थापनाका बखत औंल्याइएका अत्यावश्यक ९९ वटा कानुनलाई समीक्षा गरेर ८२ वटा कायम गरिएको थियो । महत्वपूर्ण ठहर गरिएका कानुनहरु सरकार गठन भएको २ वर्षमा निर्माण गर्ने जनाए पनि हालसम्म निर्माण हुन सकेको छैन । प्रदेशसभा सचिवालय हेटौंडाका अनुसार प्रदेश सरकार गठन भए लगत्तै सरकार सञ्चालनका लागि आवश्यक ठहर