दूध र मासुमा पालुङटारले अनुदान दिने

गोरखा– गोरखाको पालुङटार नगरपालिकाले दूध र मासु उत्पादनमा संलग्न किसानलाई अनुदान दिने भएको छ । पालिकालाई दुध र मासुमा आत्मनिर्भर हुनका लागि सो व्यवसायमा आबद्ध किसानलाई अनुदान दिइने भएको हो । बहुउद्देश्यीय कृषि प्रवर्द्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७९ अनुसार दूध र मासुतर्फ ३/३ वटा कृषि समूहलाई अनुदान दिइने नगरपालिकाको पशु सेवा शाखाका अधिकृत रामप्रसाद देवकोटाले […]

सम्बन्धित सामग्री

दूध उत्पादक किसानलाई अनुदान वितरण

काभ्रे- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका किसानलाई दूध उत्पादन परिमाणका आधारमा अनुदान वितरण गरिएको छ । दूध उत्पादन र बजारीकरण गर्दै आएका जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था, दूधको कारोबार गर्ने कृषि, बहुमखी र बहुद्देश्यीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकमअन्तर्गत बेथानचोकका किसानलाई अनुदान वितरण गरेका हुन् । आधुनिक कृषि सहकारी संस्थाले […]

अनुदान दिन थालेपछि दूध उत्पादन बढ्याे

रुकुम पश्चिम – पशु अस्पताल तथा पशु सेवा कार्यालयले दूधमा अनुदान दिन थालेपछि रुकुम पश्चिममा दूध उत्पादन बढेको छ । कार्यालयले दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा मात्रै जिल्लामा ५४ लाख ४४ हजार छ सय लिटर दूध उत्पादन भएको थियो । दूधमा प्रतिलिटर पाँच रुपैयाँका दरले किसानलाई प्रोत्साहनस्वरूप रकम उपलब्ध गराइएपछि जिल्लामा दूध उत्पादन वृद्धि भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९/८० मा ४५...

दूध उत्पादक किसानलाई अनुदान

मध्यविन्दु, १५ साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर  १० अनुदान दिने भएको छ । किसानलाई प्रोत्साहन गरी पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप आर्थिक वर्ष २०७८/७९ देखि किसानलाई अनुदान दिन थालिएको बताउँदै सहकारीमार्फत प्रतिलिटर  १० […]

म्याग्देले दियो दूध उत्पादनमा १४ लाख अनुदान

तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनको आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि कृषक खुसी भएका हुन् । म्याग्दे गाउँपालिका–३ निवासी नवराज घिमिरेले चालु आर्थिक वर्षमा नौ हजार ३९४ लिटर दूध उत्पादन गरे । गाउँपालिकाले उनलाई प्रतिलिटर ९.२० का दरले […]

थाहा नगरपालिकाका तीन सय कृषकलाई अनुदान

मकवानपुर– मकवानपुरको थाहा नगरपालिकाले व्यावसायिक रुपमा दूध बिक्री गर्ने तीन सय कृषकलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरेको छ । नगरपालिकाले समूह, सहकारी, फार्म, डेरीमार्फत दूध बेच्ने कृषकलाई वर्षभरि बेचेको दूधको परिमाणका आधारमा अनुदान वितरण गरेको हो । दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराउन थालेपछि गाईभैँसीपालन गरी दूध बेच्ने कृषकको सङ्ख्या वृद्धि भएको नगरपालिकाका पशु विकास शाखाका […]

दूध उत्पादन कृषकलाई गाउँपालिकाको अनुदान

अर्घाखाँचीको पाणिनी गाउँपालिका–४ पटौटीका ३० वर्षिय माधव घिमिरेलाई विदेश जाने मोह लागेन् । ३ वर्ष भारतमा रोजगारी गरेर गाउँ फर्किएका घिमिरे व्यावसायीक कृषक बने । गाई र भैंसी पालन व्यवसायमा संलग्न घिमिरेले मासिक ४५ हजारको दूध बिक्री गर्छन् ।३८ वर्षिय नारायण अधिकारीले ५ वटा गाई पालेका छन् । उत्पादनका आधारमा गाउँपालिकाले अनुदान दिन थालेपछि दूध […]

किसानलाई दूध र तरकारीमा अनुदान

लमजुङ । उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाले किसानलाई दूध र तरकारीमा अनुदान दिने भएको छ । पालिकाले दूधमा प्रतिलिटर १० रुपियाँ र तरकारीमा प्रतिकेजी ५ रुपियाँ अनुदान दिने भएको हो । गाउँपालिकाले दुग्ध व्यवसायी कृषकलाई दिँदै आएको अनुदानमा ५ रुपियाँ वृद्धि गरी १० रुपियाँ पुर्याएको हो भने तरकारीमा प्रतिकेजी ५ रुपियाँ अनुदान दिने निर्णय गरेको हो […]

दूध किसानलाई गाउँपालिकाले प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने

सिन्धुपाल्चोक– इन्द्रावती गाउँपालिकाले किसानलाई कृषिमा आत्मनिर्भर बनाउन दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने भएको छ । उत्पादित दूध सहकारीमार्फत बिक्री गर्ने किसानलाई गाउँपालिकाले अनुदान दिने भएको हो । “गाउँपालिकाको १०औँ अधिवेशनले पालिकाको कृषिउपज सङ्कलन, प्रशोधन, बिक्री केन्द्र सञ्चालन र व्यवस्थापनका साथै दूधमा अनुदान उपलब्ध गराउने कार्यविधि पारित गरेको छ,’’ अध्यक्ष वंशलाल तामाङले भने, “कार्यविधि स्वीकृत […]

दूध बिक्रीमा किसानलाई ७९ लाख अनुदान वितरण

वालिङ– स्याङ्जाको गल्याङ नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप करिब रु ७९ लाख अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह, सहकारी, सङ्कलन केन्द्रमार्फत दूध बिक्री गरेबापत किसानलाई नगरपालिकाले प्रतिलिटर रु १५ का दरले रु ७८ लाख ९९ हजार नौ सय २० अनुदान उपलब्ध गराएको पशु विकास शाखाप्रमुख सुशील […]

दूध उत्पादक किसानलाई अनुदान

कावासोती नगरपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई अनुदान दिएको छ । दूधमा अनुदानस्वरूप गत आर्थिक वर्ष २८ लाख १७ हजार ८९३ रुपैयाँ प्रदान गरिएको हो ।  दूधको उत्पादन बढाउने र किसानलाई प्रोत्साहन गर्ने गर्ने उद्देश्यले दूधमा प्रतिलिटर १.२५ रुपैयाँका दरले अनुदान प्रदान गरिँदै आएको नगरपालिकाका कृषि तथा पशु विकास शाखा प्रमुख डा. टेकराज पौडेलले बताए । जनकल्याण दुग्ध विकास सहकारी संस्था, साना किसान कृषि सहकारी संस्था, शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्था र एकीकृत दुग्ध विकास सहकारी संस्थामार्फत नगरपालिका भित्र...