प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले नगर र गाउँपालिका अधिवेशनले जनताको मन जित्ने गरी नेतृत्व चयन गर्ने अपेक्षा व्यक्त गरेका छन् । शनिबारदेखि कांग्रेसका स्थानीय तहस्तरको अधिवेशन सुरु भएको सन्दर्भमा देउवाले कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुनसमेत आग्रह गरेका छन् ।