कास्की – गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनुभएका 'दीपक मनाङे' भनेर चिनिने राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
नवनियुक्त मन्त्री गुरुङले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिनुभएको हो । मनाङबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद मनाङेलाई केहीबेर अघि मात्रै पद तथा शपथ ग्रहण गराइएको हो । मन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै गण्डकी प्रदेशको मन्त्रिपरिषद् सदस्य सङ्ख्या आठ पुगेको छ ।
अविश्वासको प्रस्ताव 'फेस' गरिरहनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ...