भारत : बलात्कार गर्न नसकेपछि १५ वर्षीयालाई जिउँदै जलाइयो

भारतको बिहारको सीतामढी जिल्लामा १५ वर्षीया किशोरीलाई बलात्कार गर्न सफल नभएपछि जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ । ४० प्रतिशतसम्म जलिसकेकी पीडितको उपचार हाल मुजफ्फरपुरको एक अस्पतालमा चलिरहेको छ ।यो घटना सीतामढीको पुपरी थाना क्षेत्रको हो ।यसबारे जानकारी दिँदै प्रहरी चौकी इन्चार्ज विजय कुमारले भने, ‘घटना जुन १९ दिउँसो १ बजेतिर भएको थियो । पीडितको भनाइअनुसार एकजना व्यक्ति उनी भएठाउँ आएर जबरजस्ती करणी गर्ने प्रयास गरे । बलात्कार प्रयास असफल भएपछि ती व्यक्तिले उनको शरीरमा पेट्रोल खन्याएर आगो