सांसद तथा एमाले नेता वसन्त नेम्वाङ अचानक बिरामी

प्रतिनिधिसभाका सांसद एवं एमाले नेता वसन्त नेम्वाङ अचानक बिरामी भएपछि जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याइएको छ । नेकपा एमाले जिल्ला कमिटी ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेका उनी बसेको ठाउँबाट उठ्न नसकेपछि अस्पताल पुर्‍याइएको एमाले उपसचिव मणिशंकर पोमुले जानकारी दिए ।