विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा चितवनमा चार शिक्षकसहित पाँच व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनमा बालिकाका आफन्तले जाहेरी दिएपछि उनीहरुलाई पक्राऊ गरिएको हो ।चैत ६ गतेदेखि बाल यौन दुव्र्यवहारको आरोपमा विभिन्न ठाउँबाट पाँचजनालाई पक्राऊ गरिएको प्रहरीले बताएको छ । बाल यौन दुव्र्यवहार गर्ने आरोप लागेका मध्ये चारजना शिक्षक छन् ।पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १३ का ५८ बर्षीय शिक्षक फणीन्द्र भट्टराई र विमलप्रसाद देवकोटा छन् । भट्टराईलाई कक्षा ४ मा पढ्दै आएकी छात