कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले कम्युनिस्टले जनादेशको अपमान गरेपछि काँग्रेस सत्तामा पुगेको बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति दार्चुलाद्वारा बिहीबार पार्टी कार्यालयमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा मन्त्री बडुले जनताले कम्युनिष्टहरूलाई पाँच वर्षसम्म मुलुक सञ्चालन गर्ने जिम्मा दिएपनि आपसमै लडेर जनादेशको अपमान गरेको बताए ।त्यसपछि प्रतिपक्षको भूमिकामा बसेको काँग्रेस जनादेशको सम्मान गर्दै सत्तामा आएको उनले बताए । कम्युनिस्टको आपसी लडाइबाट मुलुक