काठमाडौँ– नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तर्गत शनिबार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क सेवा दिने भएका छन्। यस दिन बिरामीहरुले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दुई फरक विशेषज्ञ चिकित्सकबाट निःशुल्क ओपिडी सेवा पाउने अस्पतालले जानकारी दिएको छ। अस्पतालका अनुसार कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा. सीताराम चौधरी र अर्थोपेडिक कन्सलट्यान्ट डा. सगुन जोशीले निःशुल्क ओपिडी सेवा दिनेछन्। […]