काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाएका छन् । मंगलबार ३ बजेको आधिकारिक मत परिणामअनुसार साहले ५० हजार ३३९ मत प्राप्त गरेका हुन् । हालसम्म १ लाख ४९ हजार ९४२ मत गणना हुँदा साहले सो मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार एमालेका मेयर उम्मेदवार केशव स्थापितले ३० हजार ३३६ मत पाएका छन् भने काँग्रेसकी सिर्जना श्रेष्ठले ३० हजार ९५४ मत पाएकी छन् । यस्तै राप्रपाका मदनदास श्रेष्ठले ४ हजार ५९९ मत पाएका छन् ।&