काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा रिहाका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर भएको छ । पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का र रेखा शर्माको हकमा चिन्तामणि शर्माले बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका हुन् । उनीहरूको रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । […]