गायक सञ्जीवको दशैं कोसेली ‘घमण्डी’ (भिडियोसहित)

युवा गायक, संगीतकार तथा गीतकार सञ्जीव श्रेष्ठले दशैंको अवसर पारेर घमण्डी शीर्षकको गीत लिएर आएका छन् । श्रेष्ठको आफ्नै रचना, संगीत र स्वर रहेको गीतलाई लोकआधुनिक संगीतको मिश्रण रहेको गीतलाई आदित्य फिल्मस्ले सार्वजनिक गरेको हो । गीतको म्यूजिक घिडियो कृष्ण के.अ.ले निर्देशन गरेका छन् भने मोडलका पमा रमिट कुँवर र विना राउतले अभिनय गरेका छन् …

सम्बन्धित सामग्री

बेमौसमी सुन्तला फलाउँदै खड्का, एउटै गाउँमा वार्षिक ३ करोड रूपैयाँको कारोबार

गलकोट (बागलुङ । जिल्लाको सिगानामा दशैं अगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी १०० का दरले बिक्री गरे । उन्सु जातको सुन्तला उत्पादन गदै आएका खड्काले ‘सिजन’मा  ३ लाखको सुन्तला बिक्री गर्छन् भने ‘अफसिजन’मा अर्थात् असोजमा उन्सु जातको सुन्तलाको परीक्षण उत्पादन गर्दै आएका छन् । उनले गतवर्ष बेमौसमी जातको सुन्तला बिक्रीबाट रु ५० हजार आम्दानी गरेको र अहिले सुन्तलाको उत्पादन घटेकाले रु २० हजारको बिक्री गरिसकेको र अन्य सुन्तला आफन्तलाई कोसेली पठाएको बताए । “परीक्षणका लागि छ वर्षअघि उन्सु जातको सुन्तला लगाएको थिए”, खड्काले भने, “अहिले दशैं खर्च बेमौसमी सुन्तलाबाटै हुँदै आएको छ ।” सुन्तला गाउँका रुपमा परिचय कमाउदै आएको बागलुङको सिगानामा मौसमी सुन्तला बिक्रिबाटै  ३ करोड रूपैयाँ वार्षिक रुपमा गाउँ भित्रिदै आएको छ । अगुवा सुन्तला किसान  खड्काले सुन्तला बगानमा बेमौसमी जातका सुन्तला फलाउँदै आएका छन् । खड्काले चार वर्षदेखि बेमौसमी सुन्तलासमेत उत्पादन गर्दै आएका छन् । तर मौसमी जातको तुलनामा १० प्रतिशत मात्रै बेमौसमी सुन्तला उत्पादन हुने गरेको उनको भनाइ छ । सामान्यतः सुन्तलाको सिजन मङ्सिरबाट शुरू भएपनि उनले ५० बोटमा बेमौसमी सुन्तला फलाएका छन् । खड्काको सुन्तला बगैँचामा विभिन्न प्रजातिका १० देखि २० केजीसम्म सुन्तला एउटै बोटमा फल्ने गरेको छ । बेमौसी सुन्तलाको बोट भने सानो हुने र रोपेको कम समयमै फल्ने गर्दछ । बागलुङ नगरपालिका-८ सिगानामा खड्काले परीक्षणका रुपमा लगाएको बेमौसमी सुन्तला असोजमै पाक्ने गरेको छ । उक्त सुन्तला घरमा खपत र कोसेलीका रुपमा पठाएपछि बाँकी रहेको बिक्री गर्छन्। अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि यसोधा र पोङ्कान भने एक महिनापछि पाक्छन् । “बेमौसी सुन्तला व्यावसायिकरुपमा भन्दा पनि परीक्षण्का लागि हो, असोजमा उन्सु जातको सुन्तला टिपियो, अब एक/एक महिनाको फरकमा यसोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो भन्ने हो”, खड्काले भने, “मौसमी जातको एउटा बोट लगाउने जग्गामा बेमौसमीका पाँचवटा बोट हुर्कन्छन् भने छिटो फल लाग्न थाल्दछ ।” बगैँचा सजावटका लागि पनि उक्त जातको सुन्तला प्रयोग गरिन्छ । खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा एक सय दाना मात्रै लाग्ने गरेको बताए । विसं २०३२ सालदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएका खड्काले बेमौसमी जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउँछन् । ६ वर्षअघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब १०० बढी सुन्तलाका बोटमध्ये ५० प्रतिशत बोटमा सुन्तला फल्न थालेका छन् । उक्त सुन्तलाका बोटले धान्न नसक्दा थाक्रो हाल्ने गरिएको छ । नेपालमा अधिकांश सुन्तला कात्तिकदेखि मंसिरको अवधिमा पाक्छन् । खड्काले भने भदौदेखि असोजको समयमा पाक्ने जापानीज जातका सुन्तला लगाएका हुन । खड्काले ५ रोपनी क्षेत्रफलको सुन्तला बगैँचामा हालसम्म १४ प्रजातिका सुन्तलाका बिरुवा लगाएका छन् । खड्काले मौसमी र बैमौसमी सुन्तला उत्पादनसँगै किबी, अलैँची र तरकारी खेती गर्दै आएका छन् । रासस

दशैंको कोसेली हुन सक्छ ‘माया र मसला’को गुँदपाक र पुष्टकारी

काठमाडौं । दशैं सुरु भइसकेको छ । दशैं मनाउन संघीय राजधानी काठमाडौंलगायत प्रमुख सहरहरुबाट गाउँ फर्किनेहरुका कारण सडक र बसपार्कहरुमा भीडभाड छ । घर फर्किंदा के कोसेली लैजाने भन्ने दुविधाले पनि धेरैलाई सताउँछ । राजमार्गको यात्रा गर्दा विभिन्न गन्तव्यमा खासखास खानेकुरा पाइन्छन् । जस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझिया हुँदै यात्रा गर्नेहरुले त्यहाँको प्रसिद्ध पेंडा लगिरहेका […]

काेराेनापछि नेपथ्यकाे पहिलाे विदेश प्रस्तुति दुबईमा

काठमाडौं : काेराेना महामारीपछि पहिलो विदेश कार्यक्रमका लागि यात्रा गर्नका निम्ति नेपथ्य  दुबई जाने भएको छ।आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्याण्डले दुबई  शहरमा तेश्रो पटक प्रस्तुति दिन लागेको हो।  चाडबाडको बेलामा आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपालीहरूका लागि दशैं, तिहार र छठको समेत संगीत मय कोसेली बोकेर ब्याण्ड त्यसतर्फ जान लागेको हो।विश्व बजारकै महत्वपूर्ण थलो बन्दै गइरहेको दुबई शहर नेपाली कामदारको प्रमुख गन्तब्य मुलुक मध्येको युनाइटेड अ

दशैंको सांगीतिक कोसेली, उत्तमको ‘मिठो-मिठो’

घटस्थापनादेखि विधिवत् रुपमै दशैं सुरु भएको छ । दशैंको माहौल सुरु भइसकेको छ । यो रमाइलो माहौललाई किन संगीतमय नबनाउने ? पक्कै पनि आफन्तसँगको जमघटमा रमाइलो गरिन्छ । खाने, पिउने, नाच्ने, गाउने गरिन्छ । बर्षदिनमा एकपटक …