चालक लक्ष्मण सुनारले ग्यारेजमा २ महिनादेखि थन्किएको बस आइतबार बिहानै मर्मत गरे । सेनिटाइजर, मास्कको प्रबन्ध मिलाए । पालोअनुसार बसपार्कमा बसे । निर्धारित समयमै यात्रु बोकेर मझुवा झरे । कोराना जोखिमसँगैको निषेधाज्ञाअघि गोरखा–नारायणगढ चल्ने बस प्रशासनको अर्को आदेश नहुँदासम्म उनले जिल्लाभित्रै सञ्चालन गर्नेछन् ।