गुयास, मनाबी र एस्मेराल्डासमा संकटकाल घोषणा गरिएको हो । शान्ति र व्यवस्था लागू गर्न ती प्रान्तमा कर्फ्यू लगाइने र हजारौं सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
बढ्दो अपराधका कारण इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले पश्चिमी तीन प्रान्तमा संकटकाल घोषणा गरेका छन् । गुयास, मनाबी र एस्मेराल्डासमा संकटकाल घोषणा गरिएको हो । शान्ति र व्यवस्था लागू गर्न ती प्रान्तमा कर्फ्यू लगाइने र हजारौं सुरक्षाकर्मी परिचालन गरिने भएको छ । इक्वेडरमा हत्या र गिरोहसँग सम्बन्धित अपराधमा तीव्र वृद्धि भएको छ । राष्ट्रपति लासोले गत वर्ष पदभार ग्रहण गरेपछि हिंसा रोक्न आपतकालीन शक्ति प्रयोग गरेको यो दोस्रो पटक हो । सडकमा ठूलो संख्यामा सुरक्षा फौज परिचालन गरिने लासोले बताए
विराटनगर / प्रदेश १ मा कोरोनाको दोस्रो लहर सुरु भएयता हालससम्म एक सय ६६ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको छ । अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षाको नियमित काम कारबाहीसँगै सीमा क्षेत्रमा अवैध आवतजावत रोक्न र कोरोना नियन्त्रणमा सक्रियताका साथ लागेका सुरक्षाकर्मी संक्रमित बनेका हुन् । संक्रमित हुनेमा एक सय ३४ जना नेपाल र ३२...
The post प्रदेश १ मा एक सय ६६ सुरक्षाकर्मीमा कोरोनाको संक्रमण appeared first on Purbeli News.