किसानका समस्या सम्बोधन गर्नेलाई भोट

चन्द्रनगरस्थित कामतटोलका रामचन्द्र कापर केवट समुदायका हुन् । डुंगा चलाएर नदी पार गराउने उनको पुख्र्यौली पेसा हो । पौराणिक कालमा उनका पुर्खाले भगवान् रामचन्द्रलाई नदी कटाएको कथा उनी सुनाउँछन् । उनी अहिले खेतीपातीमा व्यस्त छन् । सिँचाइ, मलखादलगायतको समस्याका कारण यसबाट आफ्नो समस्या पार नलागेको उनको दुःखेसो छ ।