मनाङ – हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । अठार वर्षभन्दा माथिका सबै नागरिकलाई खोपको दुवै मात्रा लगाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । अठार वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ ।
उहाँका अनुसार जिल्लाका चार हजार एक सय ९८ जनालाई कोरोना खोप लगाइएको छ । तीमध्ये एक सय ६५ जनाले कोभिशिल्डको दोस्रो खोप लगाउन बाँकी रहेको आचार्यले बताउनुभयो । मनाङमा दुई हजार ९६ जनाले एस्ट्राजेनेकाको कोभिशिल्ड खोप, द...