नेकपा एमाले प्रदेश १ को संसदीय बोर्ड गठन : अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन सात दिनको समय

नेकपा एमाले प्रदेश नं १ संसदीय दलको आज बसेको बैठकले विधान पारित गरेको छ । बैठकले सोही विधान अन्तर्गत दलका नेता मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा १५ सदस्यीय संसदीय बोर्ड गठन पनि गरेको छ ।    बोर्डमा दलका उपनेता, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, सचेतक पदेन सदस्य छन् भने जसमाया गजमेर, आशारत्न जवेजु, यशोदा अधिकारी, अम्बिका थापा, विमल कार्की, काजीमान कागते, विर्खबहादुर प्रधान, ज्ञानेश्वर राजवंशी, तुलसीप्रसाद न्यौपाने, लीलाबल्भ अधिकारी र लिलम बस्नेत छन् । मुख्यमन्त्री र

सम्बन्धित सामग्री

प्रदेश १ : अविश्वास प्रस्ताव फिर्ता लिन प्रदेश सभा सदस्यलाई सात दिनकाे समय

माेरङ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन आफ्नो दलका प्रदेश सभा सदस्यलाई सात दिन समय दिनुभएको छ । नेकपा एमाले पुनर्स्थापित भएपछि पहिलो पटक बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सभा सदस्यलाई हस्ताक्षर फिर्ता लिन सात दिनको समय दिनुभएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो । एमाले संसदीय दलको बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट रहेका उपनेता टङ्क आङ्बोको पनि उपस्थिति रहेको प्...