प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका क्रममा कोरोनोले बन्द नाका खोल्ने विषयलाई प्राथमिकतामा राखिएको बताए । भ्रमणमा राष्ट्रपति सी चिनफिङसँग भेट हुने संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दाहालले संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीन भ्रमणबारे जानकारी गराएका हुन् ।