अब कार्यालय सहयोगी सवारीचालकमा ‘डाइभर्ट’ हुन पाउने

श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारी अब सीपका आधारमा सवारीचालक पनि बन्न पाउने भएका छन् । मन्त्रिपरिषद्को १४ असारको बैठकले ‘...ती कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने’ निर्णय गरेसँगै चालक...

सम्बन्धित सामग्री

प्रहरीमा १२ वर्षमा बढुवा हुने अवधि ८ वर्षमा झर्‍यो

प्रहरीमा १२ वर्षमा बढुवा हुने अवधि घटाएर ८ वर्षमा झारिने भएको छ । मन्त्रिपरिषद्को निर्णयले प्रहरी उपरीक्षक (एसपी)सम्म १२ वर्ष पुगेपछि बढुवा हुने अवधिलाई घटाएर ८ वर्ष बनाउने निर्णय गरेको हो । कार्यालय सहयोगीको ५ तह बढुवा हुने गरी प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको संशोधन मन्त्रिपरिषद्ले स्वीकृति गरेको हो । सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई थपिने भएको छ भने प्रहरीले पाउने तक्माको २ अंक काटेर ज्येष्ठतामा थपिएको छ । ‘एसपीसम्म १२ वर्ष बढुवा हुने कुरालाई ८ वर्षमा झार्ने, कार्यालय सहयोगी ५ तह बनाउने...

कारागारमा असुलीविरुद्ध कैदीबन्दी आन्दोलित

राजविराज, (नेस) । सप्तरीस्थित राजविराज कारागारका कैदीबन्दी आन्दोलित भएका छन् । जेलर सुमन कोइराला र कार्यालय सहयोगी चन्दन यादवले अनाहकमा दुःख दिँदै आएको भन्दै कैदीबन्दीहरुले भोक हडताल शुरु गरेका हुन् । जेलर कोइरालाले यादवसँग मिलेर चौकीदारबाट सञ्चालित किरानाका सरसमानमा मनपरी ढंगले रकम असुल्ने गरेको, सरकारबाट पाउने सेवा–सुविधामा पनि कटौती गरेको र भेट्न आउने आफन्तहरुलाई दुव्र्यवहार […]

स्तर वृद्धिको पर्खाइमा जिल्ला अस्पताल सल्यान

कात्तिक १३, सल्यान । ग्रामीण क्षेत्रका जनताको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सञ्चालन भइरहेको जिल्ला अस्पताल सल्यानको स्तर वृद्धि हुन सकेको छैन ।  १५ शय्याको अस्पतालको रुपमा मान्यता प्राप्त भएको झण्डै चार दशक पूरा भएको छ । तर यसको स्तर वृद्धि गरेर ५० शय्याको बनाउनको लागि सरोकारवालाहरुले एक दशकयता पहल गरिरहेका छन् ।  जिल्लाका सरोकारवाला निकायहरुले गरेको पहलले सार्थकता पाउन सकेको छैन । अस्पतालको स्तर वृद्धिका लागि आवश्यक भौतिक पुर्वाधार तयार पार्न स्थानीय, प्रदेश र केन्द्र सरकारले चासो देखाएपनि स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पतालको स्तर वृद्धिको स्वीकृति नदिँदा समस्या भएको जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ ।  जिल्ला अस्पतालमा अहिले बिरामीको चाप छ । दैनिक १५० देखि २०० जना सम्म बिरामी आउँछन् । जटिल र सामान्य गरेर मासिक १५० बढी सुत्केरी हुन्छन् । अस्पतालमा अप्रशेन देखि दन्त सेवा समेत सञ्चालन छ । अस्पतालले १५ शय्याको मान्यता पाएपनि आकस्मिक र अन्य गरेर ४० शय्यामा सञ्चालन भइरहेको छ । यसै वर्षदेखि ३३ करोडको लागतमा नयाँ भवन निर्माण शुरु गर्ने तयारी गरिएको छ ।  अहिलेका संरचनाबाट नै तत्कालका लागि ५० शय्याको अस्पताल सञ्चालन गर्न सकिने र थप पुर्वाधारहरु निर्माणका लागि सहयोगी निकायले चासो दिईरहेकाले मन्त्रालयले अस्पतालको स्तर वृद्धिको निर्णय गरिदिए जिल्लावासीले सहज स्वास्थ्य सेवा पाउने स्वास्थ्यकर्मीहरुको भनाइ छ । अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुनु र १५ शय्याको अस्पताललाई ४० शय्यामा सञ्चालन गर्दा स्वास्थ्यकर्मीलाई भ्याइ नभ्याइ भएको अस्पतालका डा. प्रदिप शर्माले बताए ।  अस्पतालको स्तरवृद्धि नहुँदा समस्या भइरहेको उनको भनाइ छ । ‘जिल्ला अस्पतालमा सेवा लिनको लागि रोल्पा, रुकुम, जाजारकोटबाट समेत आउनुहुन्छ, यहाँ बिरामीको चाप नै हुन्छ, अस्पताल १५ शय्याको मात्रै भएकाले त्यही अनुसारको जनशक्ति छ, तर हामीले ४० शय्यामा सञ्चालन गरिरहेका छौँ’ उनले भने ‘उपचारका लागि यहाँ आएका बिरामीहरुलाई सकेसम्म यहीबाट नै निको बनाएर उठाउने हाम्रो प्रयास छ ।’  दोस्रो लहरको कोरोनाको उच्च जोखिमको समयमा भने झण्डै ७० बेड मार्फत सेवा प्रवाह गरिएको थियो । जिल्ला अस्पतालले ५० शय्याको मान्यता पाएमा स्वास्थ्यकर्मीको दरबन्दी बढ्ने, भौतिक संरचना थप निर्माण हुने तथा सेवा थप बिस्तार हुने र जसले गर्दा स्वास्थ्यकर्मीको अभाव, भवन अभाव जस्ता समस्या झेल्नु नपर्ने अस्पताल स्रोतले बताएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले प्रदेश सरकारले पठाएका भेन्टिलेटर र आईसीयूका सामान प्रयोग बिहीन भएको बताए । तालिम प्राप्त जनशक्ति अभाव, भवन अभाव, सामान अपुग जस्ता कारण अस्पतालमा ६ शय्याको भेन्टिलेटर र १४ शय्याको आईसीयू सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । जिल्ला अस्पतालमा डाक्टर देखी कार्यालय सहयोगी सम्म गरेर ६५ जनाको दरबन्दी हो । अस्पतालमा ८ चिकित्सकको दरबन्दी भए पनि अहिले ४ जना कार्यरत छन् । ती सबै करारका हुन् । अस्पतालमा सबै गरेर १५/२० जना भन्दा बढी स्थायी कर्मचारी छैनन् । ‘लामो समयदेखि लोकसेवा खुल्न नसक्दा स्थायी कर्मचारी आउन नसकेको होलान्’ उनले भने ‘तर हामीले दरबन्दी अनुसारको स्वास्थ्यकर्मी सहितको कर्मचारी हुनुपर्छ भनेर माग गरेका छौँ ।’  अस्पताल व्यवस्थापन समितीका अध्यक्ष चन्द्र प्रकाश ओलीले तत्कालै अस्पतालको स्तर वृद्धि गरिनुपर्ने बताए । यसबारेमा स्थानिय सरकार, प्रदेश सरकार, संघिय सरकार, जिल्लाका नेतृत्वकर्ताहरुलाई घचघच्याउने काम गरिरहेको उनको भनाइ छ ।  १५ शय्याको अस्पताल ४० शय्यामा सञ्चालन भइरहेकोले केही समस्या भएको बताउँदै उनले भने ‘हामीले सेवालाई प्रभावकारी र स्तरीय बनाउनमा ध्यान केन्द्रित गरेका छौँ, ५० शय्याको मान्यता पाए लगत्तै सेवामा थप सुधार हुनेछ ।’

प्रहरी नियामावली २०७१ संशोधनको प्रस्ताव अन्तिम चरणमा

नेपाल प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न प्रहरी नियामावली २०७१ संशोधनको प्रस्ताव अन्तिम चरणमा पुगेको छ । यो प्रस्ताव तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि लाभदायिक हुने अपेक्षा गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो नियमावलीले प्रहरीको तल्लो तहको दर्जा ‘फालोर्स’ देखि प्रहरी नायव निरीक्षक (सई) सम्मलाई सम्बोधन गरेको छ । कार्यालय सहयोगी एवं फालोर्सलगायत श्रेणी विहीनलाई एकतहदेखि चौथोतहसम्म पदोन्नतिको ब्यवस्था गरेको छ । चौथो तहको कार्यालय सहयोगी एवं फालोर्सहरुले नायव सुब्बा सरहको तलव सेवा सुविधा पाउने छन् । सो दर्जालाई पनि सिनियर (वरिष्ठ) तथा जुनियर (कनिष्ठ) तहमा विभाजन गर्दा कामकारबाही तथा कमाण्डमा सहयोग पुग्ने देखिन्छ । त्यस्तै, प्रहरी हवल्दार दर्जालाई पनि वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार गरी तीन तहमा विभाजन गरिएको छ । वरिष्ठमा करीव एक हजार पाँचसय, हवल्दारमा पाँचहजार र सहायकमा १५ हजार हवल्दार रहने व्यवस्था गरिएको छ ।