प्रकाश तिम्सिनानेकपा (एमाले) सुनसरीको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका लागि चारजना आकांक्षी देखिएका छन् । अध्यक्षमा दाबी गर्नेमा पूर्वसंविधानसभा सदस्य रेवती रमण भण्डारी, जिल्ला अध्यक्ष खेमराज पोखरेल र इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी छन् । प्रदेश सदस्य तथा इटहरी खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईँले पनि अध्यक्षमा दाबी गरेका छन् । नेतृत्व चयनका लागि सहमतिको बाटो खोजिरहँदा आकांक्षी बढेपछि थप दबाब परेको छ । नेतृत्व लिन तयार रहेकामध्ये चौधरी, पोखरेल, भण्डारी जिल्ल