नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ ।
भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताएका छन् ।
मिर्गौलामा समस्या आएपछि खनाललाई उपचारको लागि दिल्लीको एपोलो अस्पताल लगिएको थियो ।
उक्त अस्पतालमा नेफ्रोलोजिस्ट डा. अखिल मिश्रको नेतृत्वमा उपचार भइरहेको थियो । आज डा. सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टीमले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको भट्टराईले बताएका छन् ।
खनाल केही समय अस्पत...