धितोपत्र बजारमा छैन उत्साह, गत साता पनि लगानीकर्ताले ६० अर्बभन्दा बढी गुमाए

काठमाडौं । धितोपत्र दोस्रो बजार १ हजार ८६६ दशमलव ७९ विन्दुमा झरेको छ । पछिल्लो समय धितोपत्र बजारका लगानीकर्तामा उत्साह देखिएको छैन । जसको कारण बजार प्रभावित बन्दै आएको छ । गत साताको अन्तिम कारोबार दिन अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक ४१ दशमलव ७६ अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ९०८ दशमलव ५५ विन्दुमा रहेको थियो । गत साता पाँच कारोबार दिनमा नेप्से परिसूचक एक कारोबार दिनमात्र बढेको छ । पहिलो कारोबार दिन २० अंकले घटेको नेप्से परिसूचक दोस्रो दिन १६ दशमलव ६७ अंक र तेस्रो दिन ५ दशमलव २० अंकले घटेको थियो । चौथो दिन ८ दशमलव ३९ अंकले बढेको बजार अन्तिम कारोबार दिन ८ दशमलव २८ अंकले घटेर बन्द भएको हो । चैत मसान्त नजिकिदैं जाँदा लगानीकर्ताहरूले कर्जाको ब्याज भुक्तानीका लागि पनि रकम जोहो गरेको ब्रोकरहरू बताउँछन् । गत साता नेप्से परिसूचकसँगै ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव ४५ अंक घटेर ३५३ दशमलव शून्य ३ विन्दुमा झरेको छ । पछिल्लो समय धितोपत्र दोस्रो बजारको कारोबारको अवस्थालाई हेर्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । धितोपत्र बजारको विकासका लागि सरोकारवाला निकायबाट आवश्यक पहल भइरहँदा आम लगानीकर्ताको मनोबल बढ्ने खालको गतिविधि भने नभएको देखिन्छ । गत साता पाँच कारोबार दिनमा रू. ४ अर्ब ७८ करोड १७ लाखभन्दा बढीको १ करोड ५० लाख ६२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । अघिल्लो साता भने रू. ५ अर्ब ८३ करोड १६ लाखभन्दा बढीको १ करोड ७४ लाख ३० हजार कित्ता धितोपत्र कारोबार भएको थियो । कारोबार रकम रू. १ अर्ब ४ करोडभन्दा बढीले घटेको गत साता कारोबार कित्ता भने २३ लाख ६८ हजार ७१ कित्ता कम भएको हो । औषतमा गत साता रू. ९५ करोड ६३ लाखभन्दा बढीको धितोपत्र कारोबार भएको छ । गत साता धितोपत्र दोस्रो बजारको कुल बजार पूँजीकरण रू. ६० अर्ब ४९ करोड ७९ लाखले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन रू. २७ खर्ब ६४ अर्ब ६६ करोड रहेको कुल बजार पूँजीकरण रू. २७ खर्ब ४ अर्ब १६ करोडमा झरेको हो । गत साता निर्जीवन बीमा समूहले सर्वाधिक गुमाए  गत साताको कारोबारमा निर्जीवन बीमा समूहका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यो समूहको परिसूचक सर्वाधिक ३ दशमलव ५६ प्रतिशत घटेको हो । मर्जर प्रक्रियाका कारण निर्जीवन बीमा समूह अन्तर्गतका कतिपय कम्पनीको एकीकृत शेयर कारोबारपछि मूल्यमा कमि आउँदा परिसूचकमा असर परेको देखिन्छ ।  योसँगै जलविद्युत् समूहको ३ दशमलव ४५ प्रतिशत, वित्तको ३ दशमलव शून्य ८ प्रतिशत, विकास बैंकको २ दशमलव ८६ प्रतिशत, लगानीको २ दशमलव ५८ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ३९ प्रतिशत, अन्यको २ दशमलव १३ प्रतिशत, जीवन बीमाको १ दशमलव ६१ प्रतिशतले घटेको छ । त्यसैगरी बैंकिङको १ दशमलव ६० प्रतिशत, लघुवित्तको १ दशमलव ५० प्रतिशत, व्यापारिकको १ दशमलव ४७ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव १९ प्रतिशत र होटल तथा पर्यटनको शून्य दशमलव ३२ प्रतिशत परिसूचक घटेको छ ।

सम्बन्धित सामग्री

नारायणगढ–मुग्लिन सडक अझै तीन साता बन्द हुने

भरतपुर : नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ। सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो। आज जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढु्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए।उनले अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम

प्रिमियर लिगमा यो साता

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२२-२३ को तेस्रो साता शनिबार, आइतबार र सोमबार गरेर १० खेल हुनेछ । यो साता नर्थ वेस्ट डर्बीको रुपमा चर्चित म्यानचेस्टर युनाइटेड र लिभरपुल एक आपसमा भिड्दैछन् । शनिबार तीन फरक समयमा ६ खेल हुनेछ भने आइतबार दुई समयमा तीन खेल तथा सोमबार मध्यरातमा साताकै सबैभन्दा प्रतिक्षित खेल […]

गत साता घटेको सेयर बजार यो साता बढ्ला ?

गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २७ अंक घटेर बन्द भयो । अघिल्लो साता २१४०.३९ विन्दुमा बन्द भएको नेप्से गत साता २६.८४ अंक घटेर २११३.५५ विन्दुमा बन्द भएको हो । साताको ६ कारोबार दिनमध्ये चार कारोबार दिन बजार ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको थियो ।गतसाता पहिलो दुई कारोबार दिन नेप्से उकालो लागेको थियो भने बाँकी चार दिन ओरालो लागेको थियो । गत साता नेप्सेको पाँच दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ । यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई बीचको दूरी बढेको र सो दिन

यो साता नेप्से परिसूचक ७४ अंकले बढ्यो

काठमाडौँ । यो साता सेयर बजारको परिसूचक नेप्से ७४ अंकले बढेको छ । यो साता बजार बन्द हुँदा नेप्से २९३१ अंकमा अडिएको छ । अघिल्लो साता २८५७ अंकमा रहेर बन्द भएको थियो । समग्रमा यो साता नेप्सेको वृद्धिदर सुस्त रह्यो । साताको पहिलो दिन आइतबार परिसूचक ६९ अंकले बढेको थियो भने सोमबार २०‍.६४ अंकले थप […]

अझै एक साता मनसुन सक्रिय हुने

काठमाडौँ– आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुनेछ । उनले भने, “वर्षा निरन्तर एकै ठाउँमा […]

अझै एक साता मनसुन सक्रिय हुने

आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुनेछ । “वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुनेछ, वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ ।” उनले भने । देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको ज

आगामी साता देशभर वर्षा हुने

आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ

अगुएरो १० साता मैदान बाहिर

एजेन्सी – यसै समरमा क्याटलान क्लब बार्सिलोना पुगेका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो कम्तीमा पनि १० साता मैदान बाहिर रहने क्लबले जनाएको छ । बार्सिलोनाले आफ्नो फरवार्ड कम्तीा पनि १० साता मैदान बाहिर रहने पक्का गरेको छ । दायाँ खुटको काल्फ इन्ज्युरीका कारण उनी लामो समय मैदान बाहिर रहने भएका हुन् । अब चोटका कारण अगुएरोले […]

गुल्मीमा थप एक साता निषेधाज्ञा

गुल्मी। गुल्मीमा एक साता निषेधाज्ञा थप गरिएको छ। प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माका अनुसार कोरोना महामारीलाई न्युनीकरण गर्ने उद्देश्यले जेठ ३१ सम्मको निषेधाज्ञालाई लम्ब्याइएको हो। उनकाअनुसार पहिलेभन्दा खुकुलो बनाई असार १ गतेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गरिएको हो।

दिल्लीमा एक साता लकडाउन

काठमाडौं। भारतको राजधानी दिल्लीमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढेपछि एक साता लकडाउन गरिने भएको छ। लकडाउन आज राति १० बजेबाट सुरु भई आगामी सोमबार बिहान ५ बजेसम्म लागु हुने जनाइएको छ। लकडाउनको घोषणा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले गरेका हुन्। लकडाउनको समयावधि बढाउने योजना नभएको उनले बताए। लकडाउनले गरिब जनतालाई गाह्रो हुने भए पनि एक साता दिल्ली नछोड्न उनले अपिल गरेका...