नेपाली मूलकी रीता गुरुङ हङकङको महिला आयोग सदस्यमा नियुक्त भएकी छन् । हङकङ नेपाली महासंघ र नेपाल क्लब हङकङकी अध्यक्ष गुरुङलाई आइतबारदेखि नै लागू हुने गरी गृह तथा युवा मामिला मन्त्रालयअन्तर्गतको उक्त आयोगमा जिम्मेवारी दिइएको हो । हङकङको उच्च सरकारीस्तरमा नियुक्त गुरुङ नेपाली मूलकी पहिलो महिला हुन् ।